www.tandavnews.com
Fact ~ In search of truth

‘लामा फाउण्डेशन घान्द्रुक ’ : घरघरै पुगेर १ सय १७ विपन्न परिवारलाई राहात वितरण

अर्जुन गाहा
पोखरा , ताण्डव न्यूज।

अन्नपूर्ण गाउँपालिका १०/११ (साविक घान्द्रुक गाविस­) का १ सय १७ अति विपन्न परिवारलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले घरघरै पुगेर खाद्यान्नका सामाग्री सहयोग गरेको छ ।

एक महिनाको आर्थिक संकलन अभियान पश्चात फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले ४ लाख २० हजार बराबरको खद्यान्नका सामाग्री ३ दिन लगाएर वितरण गरेको हो ।

Batas

फाउण्डेशनका संस्थापक लामाले २४ गते घान्द्रुक, हुँदु, सिवोई, किलु किम्चे, फुलीबाङ, तिखानका अति विपन्न, असहाय, अपाङ्ग, तथा अस्वस्थ्य व्यक्ति रहेका परिवारलाई खाद्यान्नका सामाग्री प्रदान गरेको बताए । ‘हामीले दोस्रो दिन २५ गते पनि राहात बाड्यौ, लामाले भने, ‘७ घण्टा पैदल हिडेर सम्बन्धित पीडितको घरघरै पुगेर सामान बाड्यौ ।’ उनका अनुसार उक्त दिन साबिक घान्दु्रक गाविसको कोम्रेङडाँडा, मेलाचे, घुर्जुङ, छोम्रोङ लगायतका स्थानमा राहात वितरण गरिएको थियो ।

उनले तेस्रो दिन (२६ गते) किम्रोङखोला र उरीका अति विपन्न परिवालई राहात प्रदान गरेको बताए ।

फाउण्डेशनले राहात स्वरुप प्रत्येक परिवारलाई साढे ३७ किलो चामल, दुई लिटर तेल, दुई पोका नून, दुई किलो दाल र चिनी, चियापत्ती र मस्यौरा प्रदान गरेको थियो । ‘यति ठुलो क्षेत्रमा राहात वितरण गर्न चुनौती थियो । पहिल्यै देखी वास्तविक विपन्न तथा असहाय व्यक्तिको नाम संकलन गर्न हप्तौ लगाए, संस्थापक लामाले भने, ‘त्यसपछि आर्थिक अभियानमा जुटे र सिधा सहयोग पीडित समक्ष पुर्याउन आफै कस्सीएर ३ दिनमा वितरण गरे ।’

उनले राहात प्रदान गरिएका व्यक्तिहरु वास्तविक पीडित भएको बताउदै कोरोनाले थप समस्यामा परेकाले सहयोग गरेको बताए ।

घान्द्रुके ईष्टमित्रहरुद्वारा आर्थिक संकलन

अभियान र संयोजन लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक अमृत लामा गुरुङले गरे । लामाको उक्त अभियानलाई विक्रम गुरुङ र सन्दिप गुरुङले सहयोग गरेको बताउदै लामाले हङकङ, बेलायत लगायत देशबाट आर्थिक सहयोग आएको बताए । उक्त राहात वितरणका लागि अर्थिक संकलन भने बाह्य मुलुकमा रहेका घान्दु्रके ईष्टमित्रले गरेको लामाले बताए । ‘मैले पीडितको नाम टिपेपछि आर्थिक संकलन अभियान थालेको थिए, उनले भने, ‘स्वदेश तथा विदेशमा रहेका घान्दु्रके दाजुभाई तथा दिदीबहिनीहरुले आर्थिक जुटाउनुभएको हो । र मेरो फेसबुकका साथीहरुको समेत यो पुण्य काममा साथ रहेको छ ।’

फाउण्डेशनले यसअघि कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्य सहित घान्दु्रकमा सचेतना कार्यक्रम सहित राहात वितरण गरिसकेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.