www.tandavnews.com
Fact ~ In search of truth

मादी गाउँपालिका : खुकुरी प्रहार गरी काकाको हत्या गरेका नवराज कसेरीबाट पक्राउ

पोखरा
ताण्डव न्यूज ।

मादी गाउँपालिका ४ स्थित घामनुङमा शनिबार साँझ आफनै ८० वर्षिय काका पिताम्बर सापकोटालाई खुकुरी प्रहार गरी हत्या गरेका ५५ वर्षिय नवराज सापकोटा पक्राउ परेका छन् ।  हत्या गरी फरार रहेका सापकोटालाई आज (आईतबार) पोखरा १३ कसेरीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले ताण्डव न्यूजलाई बताए ।

डिएसपी हमालका अनुसार बाँदर धपाउने क्रममा सामान्य झगडा भएको निहुँमा सापकोटाले आफ्नै काका र पिताम्बर र केशवराज सापकोटालाई खाना खाने समयमा खुकुरी प्रहार गरेका थिए ।

Batas

गम्भीर घाईते भएका पिताम्बरको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा ज्यान गएको डिएसपी हमालले जानकारी दिए । उनले केशवराज सापकोटाको थप उपचार भएरहेको बताए । मास्टर्स डिग्री समेत गरेका अभियुक्त नवराजलाई कर्तव्य ज्यान मुद्धामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.