www.tandavnews.com
Fact ~ In search of truth

अलर्ट : बाढीको जोखिममा गण्डकी, नदीमा बहाव उच्च हुने

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश बाढीको उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गण्डकी भई बहने सबै नदीमा बहाव उच्च हुने जनाउँदै उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम रहने छ । मनसुन न्यूनचापीय प्रणाली तराई भूभाग नजीकै रहेकाले थप सक्रिय भएको मौसमविद्ले बताएका छन् ।

Batas

हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा वाग्मती प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । यसका साथै प्रदेश १ र २ का एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ ।

प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.