www.tandavnews.com
Fact ~ In search of truth

कोरोना त्रासले शव व्यवस्थापनमा समस्या

नारायणपुर ।

दाङ जिल्लामा कोरोनाको त्रासका कारण बेवारिसे अवस्थामा भेटिएका शव व्यवस्थापनमा समस्या भएको छ । त्यस्ता शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लैजाने र सोही क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा स्थानीयवासीको विरोधका कारण व्यवस्थापनमा समस्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

केही दिनअघि घोराहीमा फेला परेको एउटा बेवारिसे शव जनप्रतिनिधि र प्रशासनको सहयोगमा परीक्षणपछि व्यवस्थापनका लागि तयारीसमेत गरियो तर घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमानेपछि रातारात तुलसीपुरमा राप्ती प्रादेशिक अस्पतालमा सम्पन्न गरियो । परीक्षणपछि व्यवस्थापनका लागि प्रहरीले प्रयास गर्दा स्थानीयवासीले अवरोध गरेपछि शव अलपत्र अवस्थामा अस्पतालमै छ ।

Batas

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कोरोना संक्रमण नभएको शव पनि व्यवस्थापन गर्न अवरोध आएपछि समस्या भएको बताए । बेवारिसे शव व्यवस्थापन तुलसीपुरमै गर्ने तयारी गर्न थालिएको चार दिन बितिसक्दा पनि अझै कुनै निष्कर्ष निस्कन नसकेको उनको भनाइ छ ।

यसअघि जिल्लामा आफन्त कोही नभएकी तुलसीपुरकी फेसबुक लाइभमार्फत आत्महत्या गरेकी युवतीको शव व्यवस्थापनका लागि पनि कठिनाइ भएका प्रनाउ सिंहले बताए । पछि उनको शव रोल्पामा रहेका उनका आफन्तकहाँ थियो । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परीक्षण गर्न नमान्दा तुलसीपुरलाई शव व्यवस्थापनको समस्या भएको प्रनाउ सिंह बताउछन् । तुलसीपुरमा केही समय अगाडि रोल्पाका एक संक्रमितलाई वडा नम्बर १२ मा लगेर व्यवस्थापन गरिएपछि स्थानीयवासीले विरोध गर्दै आएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाशप्रसाद देव परीक्षण गर्ने काममा कुनै रोक नगरिएको बताउछन् । प्रतिष्ठानमा सरसफाइ गर्नुपर्ने वा कुनै अत्यावश्यक काम हुँदा रोकिएको हुन सक्ने उनले बताए । “जुनकुनै अस्पतालमा पनि कहिलेकाहीँ पोष्टमार्टम नहुन सक्छ, त्यसलाई आधार बनाएर गरेन भनेर प्रचार गरिनु ठीक भएन”, देवले भने ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.