www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले २०७६ साल कात्तिकमा बोलपत्र अर्थात टेन्डरको आहवान गर्यो । पोखराको सबै भन्दा ठूलो रामघाटको ठेक्का पार्न धेरैले कम्मर कसेर टेन्डर हाले । सोही अनुसार एक कम्पनीले कात्तिक ५ गते बोलपत्र हाल्यो । पोखराका केही युवाहरुसँग मिलेर चितवनको कम्पनीले कत्तिक २५ गते ६ करोड ६५ लाख ५० हजार भ्याटसहित तिर्ने गरी टेन्डर आफ्नो पोल्टामा परे । यो सबै समान्य प्रक्रिया रह्यो ।

तर दुई–तिन साता अघि रामघाट र त्यसको राजस्वको विषयमा महानगरपालिकामा भित्रभित्र गाइँगुइँ चल्न थाल्यो । ३ करोड ५ लाख ५० हजार राजस्व खै ? सम्झैता गरे अनुसार ठेक्का पारेको कम्पनीले केही हप्तामै दाखिला गर्नुपर्ने करोडौ रकम सम्झौता सकिने बेलासम्म आएन् । कस्ले तिरेन राजश्व ? किन सम्बन्धीत फाटँले रकम उठाउन ताकेता गरेन् ? यस्तै अनेक प्रश्न उठ्यो महानगरपालिकामाथी । राजस्व उठाउने जिम्मा पाएका छवि शर्माले १० लाख रकम खाएर राजस्व मिनाह गर्ने चलखेलमा रहेको आरोप समेत लाग्यो ।

Batas

हुन पनि राजस्व शाखा र त्यहाँका प्रमुख अर्थात छवि शर्माले दाखिला नभएको करौडौ रकमको जिम्मा लिनु पर्छ, त्यो अकाट्य कुरा हो । राजस्व काण्डले बजार पिड्यो । तर यस विषयमा कुरा गर्दा महानगरपालिकालाई नटेर्ने सम्झैता गरे अनुसार केही दिनमा रकम दाखिला गर्छु भन्ने कम्पनी र स्थानीय अख्तियारी पाएका ति युवाहरुको नाम किन बाहिर आएन ? अखिर को हुन उनीहरु ? जसको नाम न महानगरपालिकाले न त मिडियालेनै सार्वजनिक गर्न सक्यो । शक्ति र पैसाको आडमा उनीहरुलाई यती वेला ठेकेदारहरुले ‘बाहुबली’को नाम दिएका छन् । स्थानीय रुपमा अख्तियारी पाएका एक सातिर खेलाडी मानिने युवाले प्रशासन र अन्य संयन्त्र राजनीतिक र पैसाकै भरमा महानगरपालिकालाई अटेर गरेको बुझिएको छ ।

यिनै ४ वटा अटेरी बाहुबलीको नाम र भुमिका यस प्रकार छ…

अटेरी बाहुबली नम्बर १ : राजी कन्स्ट्रक्सन प्रा.लि

महागरपालिका बदनाम हुने काम अर्थात सम्झैता गरेर रकम नतिर्ने अटेरी कम्पनी हो राजी कन्स्ट्रक्सन । मुख्य दोषीको रुपमा यो कम्पनी रहेको छ । भरतपुर–१ चितवन कार्यालय रहेको यो कम्पनी दर्ता भएको धेरै भएको छैन् । २०७५ सालमा खुलेको यस कम्पनीको छापमै देख्न्छि । अवधि जस्तै काम छिटो तर अपरिपक्व काम गर्ने कम्पनी रहेको यही ३ करोड ५ लाख काण्डबाट प्रष्ट हुन्छ । कम्पनीलाई यसबारे बुझ्न खोज्दा सम्पर्क नम्बर र व्यक्ति पत्ता लगाउन सकिएन । पोखरा महानगरपालिकामा बुझ्दा अख्तियारले फाइल लगेको हुनाले जानकारी पाउन कठिन भयो ।

अटेरी बाहुबली नम्बर २ : फरान खान

फरान खान अर्थात घाटको गेम मेकर भनेर चिनिन्छन् । कागजी रुपमा मोहम्मद इम्रान खान अघि देखिएपनि सबै सेटिङ मिलाउने काम फरानले गर्छन् । राजी कन्स्ट्रक्सन, महागरापालिकाका कर्मचारी र अन्य युवादेखि सबै सेटिङ गर्न माहिर मानिन्छन् फरान । पूर्व माओवादी अहिलेको नेकपाका नेताहरुको साथ पाएका उनी यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको भन्दै मिडियाको आँखामा छारो हाल्ने काम गर्छन् । बोल पत्रमा नाम इम्रानको भएपनि फरानकै फोन नम्बर राखिएको छ, जसका कारण प्रशासनिक र भइपरी आउने समस्या रकम दिएर होस या नेता लागाएर किन नहोस काम तमाम पार्छन् ।

ताण्डव न्युजले फोन सम्पर्क गर्दा बोल पत्रमा आफ्नो नाम नरहेको नागरिकता लिएर उपस्थित हुन सक्छु, भनी कानुनी लवजको प्रयोग गर्दै मिडियालाई उल्लु वनाउन खोजे । महानगरपालिकाले भने सबै काम गर्न आउने उनै फरान रहेको बताउछ । घाटबाट रकम उठाउदा आफु कम्मर कसेर लाग्ने फरानले राजी कन्स्ट्रसनलाई राजस्व बेलैमा तिर्न पर्छ भनेर पहल गर्नु पर्ने ठाँउमा उल्टो केही थाहा नभए जसरी उम्कने दाउमा छन् ।

अटेरी बाहुबली नम्बर ३ : ललित गुरुङ

ललित गुरुङलाई नचिन्ने सायदै पोखरामा कोही नहोलान् । विगतमा अपराधिक गतिविधिमा उनको नाम पहिलो नम्बरमै आउथ्यो । तर अहिलेको घटनाको कुरा गर्दा ललित मुख्य पत्रको रुपमा देखिदैनन् । उनी तेस्रो पक्षको रुपमा छन् । ललितलाई यस ठेक्कामा मिस्सिन उनै फरान खानले लागएका हुन् । खानको आग्रपछि ललितले २२ प्रतिशत शेयर हालेको बताउछन् । ललितले १ करोड रुपैया हालेको ताण्डव न्युजसँग बताए । उनले तिर्नु पर्ने राजस्व छिटो तिर्नु पर्छ भनेर पटक पटक राजी कन्स्ट्रसनलाई आग्रह गरेको बताउँछन् ।

अटेरी बाहुबली नम्बर ४ : मोहम्मद इम्रान खान

राजी कन्स्ट्रक्सन प्रा लि भरतपुर–१ चितवनले बोलपत्र हाल्दादेखी घाट संचालन गर्ने जिम्माको अख्तियारीनै मोहम्मद इम्रान खानलाइ दिएको हो । यिनि को हुन् ? र कहाँ बस्छन् ? भन्ने पहिचान खुल्न सकेको छैन । अख्तियारमा सबै फाइल अनुसन्धानका लागि लगिएको हुनाले उनको पनि पहिचान खुल्न बाँकी छ।  बोलपत्रमा पनि स्पष्ट देख्न सकिन्छ मोहम्मदको नाम र सहि छाप पनि छ तर फोन नम्बर भने फरान खानको छ ।
मोहम्मद र फरानको सेयर समेत रहेको छ भन्ने बुझिन्छ । अख्तियारी नामा पाएपनि यो घटनामा इम्रान हात्तिको देखाउने दाँत जसरी प्रयोग भएका छन् । माहानगरपालिकाको एक कर्मचारीका अनुसार इम्रान सम्झैता गर्दा मात्र देखिए त्यसपछि उनी आएको थाहा छैन् । उनको सहिछाप मात्र हो सबै काम फरानलेनै हेर्छन् ।

‘मैले सहयोग गरेको जिम्मा लिएको हैन’ : फरान


यस विषयमा फरानसँग टेलिफोन सम्पर्क गर्दा आफुले राजी कन्स्ट्रक्सनलाई सहयोग मात्र गरेको अरु कुनै जिम्मेवारी नरहेको भन्दै झुट बोले । ‘अख्तियारी कहिँ पनि लिएकै छैन । चितवनबाट टाढा हुने भएकाले साथीभाइको नाताले गरेको हो । राजी कन्स्ट्रक्सन मैले चिनेको कम्पनी हो भन्दैमा सबै जिम्मा मैले लिनुपर्छ भन्ने होइन होला । अहिले परेको काण्ड सबैको जिम्मा लिनुपर्छ भन्ने हो ।

‘फराननै आग्रहमा एक करोड रुपैया हाले’ : ललित

घाटको काममा फरानले आग्रह गरेर रकम हालेको र सबै कारोवार फरानलेनै गरेको ललित गुरुङले बताउछन् । उनले ताण्डव न्यूजसँग भने ‘मेरो २२ प्रतिशत श्येर हो । फरान भाइले ल श्येर हाल्न पर्यो भनेपछि हालेको हो । सबै काम उनिहरुले नै गर्ने हो । एक करोड हालेको हो मैले । अब राजस्वको कुरामा त, मैले कम्पनीलाई पनि भनिरहेको छु, राजस्व तिर भनेर ।’

 

‘राजस्व अझै उठेको छैन’ : राजस्व प्रमुख पाण्डे

राजस्व अझै उठ्न बाँकि रहेको पोखरा महानगरपालिका राजस्व शाखाका प्रमुख गणेश पाण्डेले स्पष्ट पारे । ‘सम्झौता भएको मितिले २ हप्ताभित्र बुझाउनुपर्ने थियो । २ करोड दाखिला गरेको छ । सम्झौताको समयमै दाखिला गरिएको एक करोड ६० लाख बैंक ग्यारेन्टी, बैंकलाई दाखिला गर्न भनेका छौं । एक दुई दिनमा आउला । यद्यपी सबै रकम आइसकेको छैन ’ पाण्डेले भने । यदि नआएको खण्डमा के हुने ? जिम्मा कसले लिने भन्ने प्रश्नमा पाण्डे भन्छन् ‘ राजी कन्स्ट्रक्सन सँगै मेहम्मद इम्रान खानले नै जिम्मा लिनुपर्छ । मेन राजी नै हो । सम्झौतामा प्रतिनिधि जो छ, जसको साइन छ, नाम छ, उ पनि जिम्मेवार हुनै पर्छ ।’

 

‘ढिलै भएपनि राजस्व दाखिला हुन्छ’ : अधिकृत छवि

ढिलै भएपनि राजस्व दाखिला हुने दाबी गर्छन् महानगरका अधिकृत छवि शर्मा । दुई तिन हप्तामा भनेपनि उसले ल्याएन । बैंक ग्यारेन्टी छ, नगरपालिकाबाट क्लेम गाको छ । एकदुई दिनमा आउँछ । राजस्वमा कुनै हानी भएको छैन । दश लाख रकम खाएको आरोप छ नि भन्ने प्रश्नमा उनले भने ‘त्यस्तो हुँदै नहुनी काम पनि गर्छ कसैले, ति सबै आरोप मात्रै हुन् ।’

हेर्नुहोस् भिडियो रिपोर्ट

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.