www.tandavnews.com
Fact ~ In search of truth

सिँचाइका डिभिजन प्रमुख घुससहित रङ्गेहात पक्राउ

खोटाङ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिँदै गर्दा टोलीले आज कार्यालय प्रमुख श्रेष्ठलाई रङ्गेहात पक्राउ गरेको हो ।

आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस रकमसहित कार्यालय परिसरबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । श्रेष्ठको साथबाट श्रोत नखुलेको रु ९९ हजार ५०० रकम पनि जफत गरिएको बताइएको छ ।

Batas

प्रमुख श्रेष्ठ पक्राउ परेपछि सो कार्यालयमा सिल गरेर कसैलाई पनि प्रवेश दिइएको छैन । श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा अधिकांश ठेकेदार तथा उपभोक्ता समितिसँग ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ ।

टोलीले प्रमुख श्रेष्ठलाई आज नै काठमाडौँ लगेको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.