www.tandavnews.com
Fact ~ In search of truth

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ ।

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन् । कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ ।

प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुप¥यो, कि कोरिया जान दिनुप¥यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनमा सहभागी दीपेश लामिछानेले स्वदेशमा रोजगारी नभएको अवस्था कोरियाका लागि सबै प्रक्रिया पूरा भइसकेको बताउँदै जतिसक्दो चाँडो अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सरकारसमक्ष आग्रह गरे ।

Batas

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.