www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका प्रतापलाई ‘राष्ट्रिय मौलिक कौरा पत्रकारिता पुरस्कार’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौरा पत्रकारिता पुरस्कार २०७७’ बाट तनहुँका प्रताप रानामगर पुरस्कृत भएका छन् ।

नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको उक्त पुरस्कारबाट पोखरामा आज (बिहिबार) आयोजित कार्यक्रममा बिच कान्तिपुरकर्मी रानामगर दोसल्ला, ताम्रपत्र तथा नगद रु १० हजार सहित पुरस्कृत भएका हुन् ।

Batas

पुरस्कृत रानामगरलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कृत गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचलने आदिवासी जनजाति एकिकृत राज्य व्यवस्थाबाट विगत देखी नै हेपिदै आएको धारणा राखे । ‘आदीवासीहरु हेपिएका होईनन्, हेपिईएका हुन् । यिनिहरुको आफ्नै मौलिक संस्कार संस्कृति भएपनि कुनै न कुनै कारणमा अतिक्रमणमा परेका छन् ।’ प्रदेश प्रमुख शेरचनले भने ।

शेरचनले समानताका लागि संवैधानिक व्यवस्थामा उल्लेख गरिएपनि व्यवहारमा उतार्न नसक्दा आदीवासी लगायत केही समुदाय उपेक्षामा परेको बताए । उनले सुदुरपश्चिममा भएको जातिय हिंसाको घटनालाई उदाहरण दिदै भने, ‘कानुनमा लेखिएर मात्रै हुदैन, जातिय छुवाछुतको अन्त्य भनी मुलुकी ऐनमा लेखिएपनि व्यवहारमा त्यो देखिदैन । साच्चिकै परिवर्तन हुने हो भने व्यवहार र आचरणमा परिवर्तन हुन जरुरी छ ।’

उनले पुरस्कृत पत्रकार रानामगरलाई बधाई तथा शुभकामना दिदै सम्बन्धित समुदायले मात्र नभई राज्यले समेत कौरा जस्ता मौलिक तथा परम्परागत संस्कृतिको जगेर्नामा चाँसो दिनुपर्ने बताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनैतिक सल्लाहकार गोविन्द नेपालीले नेपाली पत्रकारहरुले भारतीय मिडियाले झै राज्यको समर्थनमा कलम चलाउनुपर्ने अभिव्यक्ति राखे । उनले सरकारलाई औपचारकि रुपमा संस्थागत गराउन मिडियाको भुमिका महत्वपूण रहने भन्दै राज्यको निर्णयको पक्षमा कलम चलाउनुपर्ने धारणा राखे ।

त्यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) गण्डकी ईन्चार्ज हुम तमुले कौरा मगर समुदायको मात्र सरोकारको विषय नभएको भन्दै सरकारले समेत संरक्षणको जिम्मा लिनुपर्ने बताए । उनले आदिवासी जनजातिको हरेक मैलिक तथा परम्परागत संस्कृतिलाई नीतिगत रुपमै सम्बन्धित निकायले उजागर गर्नुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले रानामगरलाई बधाई ज्ञापन गर्दै थप जिम्मेवार बोध भएको बताए । उनले रानामगर सम्मानित हुनुमा सबै पत्रकारहरुलाई उर्जा थपिएको समेत उल्लेख गरे ।

त्यस्तै पुरस्कार छनौट समितिका संयोजक तथा आदिवासी जनजाति पत्रकार संघ गण्डकीका अध्यक्ष एम.बी आस्था मगरले पत्रकारिता मार्फत मगर समुदायमा प्रचलित कौराको संरक्षणमा अतुलनिय योगदान पुर्याएकोले तनहुँका पत्रकार प्रताप रानामगरलाई चयन गरिएको स्पष्ट पारे । ‘हामीले पुरस्कार कस्लाई दिने भनेर धेरैको नाम संकलन गरेका थियौ, निर्णय गर्न गाह्रो रैछ । तिन पटक सम्म बसेको बैठक पश्चात तुलनात्मक रुपमा प्रतापको योगदान बढि देखिएकाले उनलाई चुनेका हौ ।’ संयोजक आस्था मगरले भने ।

पुरस्कृृत भएपश्चात पत्रकार रानामगरले बोल्दै आफुलाई समुदाय प्रतिको जिम्मेवारी थप भएको बताए । उनले आदिवासी जनाजाति समुुदायको मात्र नभई अन्य समुदायको मोलिक तथा ऐतिहासिक संस्कृति जगेर्नाको पक्षमा सदैव कलम चलाई रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पुरस्कृत रानामगर, कान्तिपुर टेलिभिजनका तनहुँ सम्बाददाता हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.