www.tandavnews.com
Fact ~ In search of truth

मेयर सा’बलाई वडाध्यक्ष दर्शन लामाको ‘अलर्ट नोट’

पोखरा
ताण्डव न्यूज ।

पोखरा १३का वडाध्यक्ष दर्शन लामाले महानगरका मेयर मानबहादुर जिसीलाई अलर्ट नोट लेखेका छन् । वडाध्यक्ष लामाले पछिल्लो समय विवादीत बनिरहेको कवाडी निकासी करसँगै महानगरको कामकारवाहीमा असन्तुष्ट जनाउँदै सतर्क रहन मेयर जिसीलाई प्रश्न गरेका छन् । वडाध्यक्ष लामाले आफ्नो फेसबुकमा पोष्ट गरेको अलर्ट नोट जस्ताको तस्तै उहाँ उल्लेख गरिएको छ ।

Alert note.

Dear Mayor

पोखरा महानगरपालिका, गण्डकी प्रदेश ।

केहि दिन यता अख्तियारमा गएको भनी स्थानीय मिडियाहरुमा छाई रहेको कवाडी निकासी करको सम्झौता सम्बन्धी समाचारले मेरो ध्यानाकर्षण भएको छ । पोखरा महानगरपालिकामा हाम्रो कार्यकालमा थुप्रै ठेक्काहरु आह्वान भएका ठेक्काहरु रित नपुगेका कारण टिप्पणीकै आधरमा प्रमुख प्रशासकीय कै तहबाट पुन टेण्डर आव्हन गरिएको उदाहरण एक होईन थुप्रै छन । जुन तहबाट ठेक्का आव्हान भयो त्यहि तहबाट ठेक्का सम्झौता तथा बदर गर्न सकिने कानुनी व्यवस्था छ ।

सो तहले गर्न नमिल्ने भनि गरिएका टिप्पणी र मुल्याङ्कन समितीको निर्णयलाई बेवास्ता गर्दै जनताले दिएको अभिमतको गलत प्रयोग गरी बैठकमा पेश भएको ठेक्का सदर गर्न गरिएको प्रस्तावमा केहि साथीले सदर गरेर जाउ भन्ने समर्थन आएको पक्कै हो तर म लगायत केहि वडा अध्यक्षहरु कानुनी रुपले नमिल्ने विषयमा बैठकमा पेश नै गलत हो पुनः ठेक्का आवहन गर्दा महानगरलाई सुचना बाहेक केहि आर्थिक व्ययभार नपर्ने अवस्थामा कानुनलाई मिचेर ठेक्का सदर नगरौं यस्ता फाईलहरुलाई घुमाउरो बाटोबाट सदर गर्न हुन्न भनि मत राख्दा राख्दै हाम्रो त्यस्तो मतलाई उपेक्षित गर्दै बैठकमा सदर वा बदर जानकारी नै नगराई चोरबाटो भयर गरिएको निर्णय प्रति खेद व्यक्त गर्दै तुरुन्त सो निर्णयलाई सच्चाई जनताप्रति वफादारिताका लागी अनुरोध गर्दछु । कोभिड १९ को प्रभावका कारण गरिब सर्वहाराको बेहाल छ, महानगरको प्रशासनीक काम मलाई भन्नुहुन्छ भने ‘हलहल’ छ, माहनगरपालिकाको जिम्मा रहेको प्रमुख सडक पनि त्यस्तै हलहल छ त्यस्ता विषयहरुमा भन्दा यहाँको ध्यान यस्ता विषयहरुमा जानु जरुरी छ ।

यस्ता विषयमा सहज होस र कामको जिम्मेवारी कानुनमा व्यवस्था भए अनुरुप बाडफाट होस भनि पटक पटक यहाँ समक्ष लौन केहि गरौँ हामीलाई चलाउनुस, वडामा मात्र सिमित नबनाउनुस, हामी महानगरमा उपस्तिथ हुदा मगन्ते होईन हजुरको सहयोद्दाको रुपमा छाती चौडा गरेर जनताको प्रतिनिधिको रुपमा उपस्थित हुने जिम्मेवारी दिनुस भनि धेरै अनुरोध गर्यौँ । यहाँको हलहलले आज सम्म हललाई राख्यो गठन हुनुपर्ने विषयगत समितिहरु गठन भएन, जस्का कारण बिकासलाई बिस्तृत रुपमा अघिबढाउन कठिन भएको छ । स्वेच्छिक ढंगबाट चलिराख्नु भएको छ चल्नुस् ।

तर यहाँले गरेका निर्णय जनता र महानगरको हितमा हुनुपर्दछ ताकि कुनै ब्यक्ती विशेष वा ठेकेदारको हितमा होईन । यहाँमाथी बजारमा आरोप छ ‘तपाईका गलत आसेपासेका कारण तपाई भिरको डिलैमा हुनुहुन्छ रे, यो मेरो रामरामको पुकार हो । कृपया सचेत हुनुहोस्, खस्न सक्ने सम्भावना धेरै छ । यति धेरै कुरा गरि राख्दा तपाईको ईमान्दारितामा भने कसैको प्रश्न छैन । तर वजारमा यहाँको क्षमता माथी धेरै प्रश्नहरु पैदा भएका छन् अझै समय छ कामले नै मन बुझ्दो जवाफहरु मिल्नेछ भन्ने विश्वास लिएको छु ।

कृपया यो सचेत नोट यहाँ र महानगरको भलोका लागी हो । यहाँको उहि प्यारो क्रान्तीकारी वडा अध्यक्ष दर्शन लामा ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.