www.tandavnews.com
Fact ~ In search of truth

नेकपा स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक सरेको नेकपा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले बताए ।

नेकपाको विवाद मिलाउनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन नसकेपछि पटकपटक बैठक स्थगन हुँदै आएको छ । यसअघि गत असार २६ गते डाकिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेका अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिँदै आजसम्मका लागि बैठक स्थगन गरिएको सूचना पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत दिएका थिए ।

Batas

आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ¬दाहालबीच पछिल्ला दिनमा दैनिकजसो छलफल भए पनि निष्कर्ष निस्केको छैन । नेकपा स्थायी कमिटीको पाँचौ बैठक यही असार १० गतेदेखि जारी छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.