www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीसहित देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुरोध

आज देशका विभिन्न स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हाे।

महाशाखाले शनिबार बिहान जारी गरेकाे बुलेटिनमा हाल नेपालभर मनसुनी वायुको प्रभाव रहेकाे उल्लेख छ। साथै मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर अवस्थित रहेकाे छ। देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेकाे छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.