www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघ्याे

एजेन्सी ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ६ लाख ६ सय ६५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

यस्तै विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ४० लाख नाघेकाे छ। शनिबार बिहानसम्म संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको हाे।

Batas

७८ लाख १८ हजार ४ सय ९ जना संक्रमित निको भइसकेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ३८ हजार २ पुगेको छ भने १ लाख ३९ हजार १ सय २८ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख ४६ हजार ३ सय २८ संक्रमित छन् भने ७७ हजार ८ सय ५१ जनाको मृत्यु भएकाे छ।

भारतमा १० लाख ३ हजार ८ सय ३२ संक्रमित छन् भने २५ हजार ६ सय २ को मृत्यु भएकाे छ। रुसमा ७ लाख ५८ हजार १ संक्रमित छन् भने १२ हजार १ सय ६ जनाको मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.