www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा महानगरकाे ठेक्का टेण्डरको अनियमितताप्रति कास्की काँग्रेसकाे ध्यानाकर्षण

पाेखरा ।

नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकाको ठेक्का टेण्डरमा देखिएको अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न सञ्चार माध्यममा ठेक्का टेण्डरमा देखिएको अनियमितता बारे उल्लेख भएको भन्दै यसप्रति ध्यानाकर्षण भएको प्रवक्ता नवीन सिग्देलले बताए ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिकाका सभापतिसहितको संयुक्त बैठकमा पोखरा महानगरपालिकाका राष्ट्र सेवक कर्मचारीमाथि गरिएको अभद्र व्यवहारप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

Batas

टेण्डरसम्बन्धी अनियमितता र राष्ट्र सेवक कर्मचारी माथिको अभद्र व्यवहारबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही गर्न बैठकले माग गरेको प्रवक्ता सिग्देलले बताए । बैठकले ३८ औँ वीपी स्मृति दिवसमा साउन ६ गते पोखरा २६ पैतेडाँडाका बाढिपहिरो पीडित परिवारलाई राहत वितरण गर्ने, वृक्षरोपण गर्ने र विगतका वर्षमा रोपिएका बिरुवाको गोडमेल गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाली काँग्रेसका नेता मेजर दीपकबहादुर गुरुङको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.