www.tandavnews.com
Fact ~ In search of truth

कवाडी ठेक्का प्रकरण : ‘रुल अफ ल अनुसार चल्नुपर्छ`

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं २१का वडाध्यक्ष खगराज आचार्यले महानगर कानुन अनुसार चल्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला घटनाक्रम हेर्दा गैरकानुनी रुपमा केहि कार्यहरु भइरहेको जनाउँदै वडाध्यक्ष कानुन पालना गर्नुको विकल्प नरहेको बताए ।

ताण्डव न्यूजसँग कुरा गर्दै उनले भने ‘रुल अफ ल अनुसार चल्नुपर्छ । केहि काम गैरकानुनी रुपमा पनि भए । मैले त कार्यपालिका बैठकमै यि कुरा उठाउँदै आएको हो ।’

Batas

कवाडी ठेक्का करको विषयमा महानगरले कानुन अनुसार रि टेण्डर गर्नुपर्ने जिकिर गरे । ‘यस विषयमा मेरो कुरो क्लियर कट् छ । दुई चार जनाको पछि लाएर भएन, हामी त जनातको पछि लाग्ने हो । कानुन अनुसार चल्न पर्यो नि ,’ उनले भने,‘समितिले प्रतिवेदन पनि बुझाएको हो । कानुनी शासनको प्रत्याभुत त दिलाउन पर्यो । सिस्टम अनुसार काम गर्न पर्यो।’

ढुङ्गा गिट्टी बालुवा लगायतका स्रोतसाधनको ठेक्कामा पनि महानगरले उचित कदम चाल्न नसकेको उनको भनाई छ । वडाध्यक्ष आचार्यले भने ‘महानगरको भित्र रहेका घाटहरु वैज्ञानिक रुपमा अनुसन्धान पछि मात्रै ठेक्का खोल्नुपर्छ । भौगोलिक अध्ययन हुनुपर्यो । एक हजार घन.मी. भनेको ठाउँमा एक हजार भन्दा बढी पो सामान उठाएको छ कि ? अनुगमन गर्ने मान्छे खै ?’

सम्बन्धीत न्यूज

मेयर सा’बलाई वडाध्यक्ष दर्शन लामाको ‘अलर्ट नोट’

‘कानुन विपरित कवाडी ठेक्का’, गोपाल गुरुङलाई होला त कारवाही ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.