पोखरा
ताण्डव न्यूज ।
प्रहरी कर्मचारी तथा तिनका परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको उपचारका लागि निर्मित गण्डकी प्रदेश प्रहरी अस्पताल सञ्चालनमा आएको छ ।
पोखरा महानगरपलिका ७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा निर्मित अस्पतालको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गर्दै स्वास्थ्य सेवा आज (आईतबार) बाट सञ्चालनमा आएको हो ।

गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मीत भवनको आज एक समारोह बिच उद्घाटन गरे । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौबाट प्रदान भैरहेका सेवाहरुलाई विकेन्द्रिकृत गर्ने उदेश्यले अस्पताल सञ्चालनमा ल्याईएको बताए ।
उनले उक्त अस्पतालमा स्वास्थ्य सेवा सुचारु भएपछि शान्ती सुरक्षा तथा अमनचैन कायम गर्न अहोरात्र सेवामा समर्पित तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरिक्षक किरण राणाले देश र जनताको सेवामा समर्पित प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरुसहित अस्पताल निर्माण भएको प्रति खुशि प्रकट गरे ।
गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा. नर्मन लामिछानेले हाल जनरल ओ.पि.डि. सहित वार्ड ल्याब र फार्मेसी सेवा दिंने बताए । डा. लामिछानेका अनुसार उक्त सेवाहरुलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गरिनेछ ।
प्रहरी निरिक्षक निरञ्जन कुमार सिंहले नेपाल प्रहरी कल्याण कोषको बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए । उनका अनुसार उक्त भवनमा सोधपुछ कक्ष, ओ.पि.डी., ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय सहित कुल ११०६ वर्ग फिट क्षेत्रफलमा निर्माण सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको अवसरमा भवन निर्माणमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.