www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराे, आज दिनभर सडक बन्द रहने सम्भावना

चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतको पोलसहित ठूलो पहिरो खसेको हो ।

ठूलो पहिरो खसेको कारण आज पन्छाउन समय लाग्ने भएकाले वैकल्पीक बाटो प्रयोग गर्न सडक आयोजनाले अनुरोध गरेको छ । आयोजनाले सूचना जारी गर्दै वर्षा भइरहेको कारण पहिरो पन्छाउने कार्य सुरु गर्न अझै केहि समय लाग्ने र आज दिनभरजसो सडक बन्द रहने जनाएको छ ।

Batas

दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चार किलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.