www.tandavnews.com
Fact ~ In search of truth

‘इन्जिनियर डे’को अवसरमा सिडेन गण्डकीको विविध कार्यक्रम

पोखरा ।

५८औँ ‘इन्जिनियर डे’को अवसरमा सिडेन गण्डकी प्रदेशले विविध कार्यक्रम सम्पन्न गरेको छ । सिडेनले अघिल्ला वर्षहरुमा जस्तै एक सामुदायिक विद्यालय र मन्दिरमा विविध सामाग्री हस्तान्तरण गरेको छ ।

पोखरा १६मा अवस्थित चण्डिका प्राथमिक विद्यालय र पोखरा ३१मा रहेको गोरखनाथ मन्दिरमा सरसफाइका सामाग्री एवं रङ लगायतका सामाग्री हस्तान्तरण गरिएको सिडेनले जनाएको छ ।

Batas

गण्डकी प्रदेश सभा सदस्य कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिडेन गण्डकी प्रदेश सभापति इ. सुरेन्द्र पाण्डे , सचिव इ. सन्तोष जि सि , कोषाध्यक्ष इ. अबित केसि , एनइए पोखरा च्याप्टरका पुर्ब अध्यक्ष इ. बृजेन्द्र के सि, इ. रमेश बास्तोला, इ. राजेश भट्टराई र कार्यसमितिका सदस्य लगायतको उपस्तिथि थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.