www.tandavnews.com
Fact ~ In search of truth

दोबिल्लाको पुल र बस्ती जोखिममा

पाेखरा।

पोखराको दक्षिणपूर्वी क्षेत्र जोड्ने दोबिल्ला बस्तीको फुस्रे खोलाको पुल बाढीपहिराका कारण कमजोर बनेपछि पुल र बस्ती जोखिममा परेको छ ।

महानगरपालिकाको वडा नं १७ र २१ जोड्ने पुलमा पहिराले क्षति गर्दा त्यहाँको बस्ती जोखिम बन्नुका साथै पोखरा हुँदै भरतपोखरी, निर्मलपोखरी लगायतका स्थान जाने सडक अवरुद्ध हुने अवस्थामा पुगेको हो । यहाँबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्दछन् ।

Batas

यसअघि गत असारको अन्तिम हप्तामा परेको अविरल वर्षासँगै फुस्रे खोलामा आएको बाढीले स्थानीय प्रताप राना मगरको शौचालय, गोबर ग्यास र गोठ बगाएको थियो । दोबिल्ला पुल नजिकै रहेको उनको घर पहिराले जोखिम बढाएसँगै घर छोडेका छन् । पहिराले घर पछाडि सबै बगाएको र जोखिम बढेकाले अहिले बस्न छोडेको उनले बताए ।

स्थानीय अशोक रायमाझीका अनुसार पहिराले दोबिल्लाको सडक र बस्तीमा गरी २०० मिटर जति कटान भैसकेको छ भने कटानबाट यहाँका ३५ घर जोखिममा परेका छन् । विगत वर्षमा पनि पटकपटक निर्वाचित जनप्रतिनिधिले त्यो क्षेत्रको निरीक्षण गर्ने गरे पनि समस्या यथावत् रहेको स्थानीयवासी बताउँछन् ।

सडक डिभिजन कार्यालयले खोलामा थालेको तटबन्ध निर्माणको काम पनि अधूरो छ । तटबन्ध निर्माण समयमा पूरा भएको भए बाढी र पहिराको जोखिम कम भई बस्ती सुरक्षित हुन सक्ने स्थानीयवासी बताउँछन् । बस्ती पुल जोगाउन गुरुयोजना बनाउनुपर्ने र खोलामा तटबन्धसँगै चेकड्याम पनि निर्माण गरिनुपर्ने उनीहरूको माग छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.