www.tandavnews.com
Fact ~ In search of truth

आगामी २४ घण्टा मुलुकभर नै वर्षा, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ ।

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ ।

विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ ।

Batas

त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.