www.tandavnews.com
Fact ~ In search of truth

कास्की : पहिरो पीडित थापा परिवारलाई मगर संघको साथ, १ लाख बढि सहयोग

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

नेपाल मगर संघ कास्कीको नेतृत्वमा पहिरो पीडित थापामगर परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका १८ स्थित गोठादीमा पहिरोमा परि मृत्यु भएको टंक थापा मगरको परिवारलाई आज (१३ औं पुण्य तिथी को दिन) विभिन्न ईकाई तथा नगर समितिद्वारा संकलित १ लाख ३८ हजार ८ सय ५५ रुपैया आर्थिक सहयोग गरेको हो ।

Batas

नेपाल मगर संघका सल्लाहकार बालकृष्ण काउछा मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष संगिता पुनमगर, प्रदेश उपाध्यक्ष तारा थापा मगर लगायतले उक्त सहयोग रकम परिवारका सदस्य तथा राहात व्यवस्थापन समितिका संयोजक संजिव थापा मगरलाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै मगर संघका सल्लाहकार काउछा मगरले शोकलाई शक्तिमा बल्न परिवारजनलाई आग्रह गरे । उनले कोरोना भाईरसको महामारीले भन्दा प्राकृतिक प्रकोपले जनधनको क्षति भएको बताउदै जनस्तरबाटै सबै सचेत रहनुपर्ने धारणा राखे । उनले मृतकलाई श्रद्धाञ्जली तथा घाईतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरे ।

त्यस्तै मगर संघ कास्कीका अध्यक्ष संगिता पुन मगरले पीडामा परेको परिवारमा समाजको उपस्थिति जनाएको बताए । ‘यहाँको घटनाबारे खबर पाएपछि फोनबाट सम्भव भएसम्म ईकाईसँग आर्थिक संकलन गरेका हौं, उनले भनिन्, ‘यो सहयोग पर्याप्त नभएपनि तपाईहरुको दुखमा थोरै भएपनि साथ होस भन्ने हेतुले आएका हौं ।’

त्यस्तै नेपाल मगर संघ गण्डकी प्रदेशकी उपाध्यक्ष तारा थापामगरले प्राकिृतक प्रकोकको वितण्डालाई कसैले रोक्न नसक्ने बताउदै आफ्नो बस्ती सुरक्षित भए नभएको ऐकिन गरि सतर्कता अपनाउनु पर्ने धारणा राखेकी थिईन ।

त्यस्तै पीडित परिवारको तर्फबाट आफन्त एवम् राहात व्यवस्थापन समितिका संयोजक संजिव थापा मगरले हरेक व्यक्ति समाजमा आबद्ध हुनुपर्नै भन्दै संघको सहयोग प्रति धन्यवाद व्यक्त गरे । ‘हामी सामाजिक हुनुपर्छ, थापा मगरले भने, ‘ हामी समाजमा नभएको भए आज यो सहयोग पनि आउने थिएन त्यसैले सामाजिक बनौ ।’

मगर संघ कास्कीका सचिव राम थापाले संकलित रकमबारे प्रष्ट पार्दै ईकाई तथा महानगर समितिबाट सो रकम संकलन भएको जानकारी दिए । उनका अनुसार नेपाल मगर संघ कास्कीले १ लाख १ हजार १ सय १०, कालिकानगर ईकाई समितिले १५ हजार ६ सय ९०, नेपाल मगर संघ गण्डकी प्रदेशले ६ हजार ५ सय, पोखरा महानगर समिति र मगर महिला संघ कास्कीले ५÷५ हजार तथा लालीगुँरास एजु आमा समुहका अध्यक्ष समेत रहेकी दीक्षा पुन मगरले व्यक्तिगत रुपमा ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको थियो ।

पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा गत असार २५ गते गएको पहिरोमा पुरिदा ४८ वर्षीय टङ्कबहादुर थापा, उनको ४५ वर्षिया श्रीमती सोममाया थापा, ११ वर्षिया ईशीका थापा, ६ वर्षीय सुवान थापा र ८ वर्षीय शीतल श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो भने ८ जना घाईते भएका थिए । घाईतेहरुको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.