www.tandavnews.com
Fact ~ In search of truth

लकडाउन अन्त्य भएपनि के गर्न पाइन्छ, के पाइदैँन ?

चैत ११ गतेदेखि जारी लकडाउन आजबाट अन्त्य भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन अन्त्य भएसँगै निजी सवारी साधनमा लागू भएको जोर–बिजोर प्रणाली अन्त्य हुनेछ भने कार्यालयहरू नियमित रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्नेछन्।

यसैगरी भदौ १ गतेदेखि लामो, मध्यम तथा छोटो दुरीका सवारी साधनहरू, आन्तरिक तथा बाह्य उडान, खेलकुदका नियमित प्रशिक्षण तथा विद्यालय तथा कलेजका भर्ना, परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायतका गतिविधिहरू स्वास्थ्य सुरक्षा सजगता अपनाएर सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ।

Lama collectio News Middle

साउन १५ देखि होटल रेस्टुरेन्ट, ट्रेकिङ व्यवसाय खुल्ने भएका छन्। तर रेस्टुरेन्टहरुमा पार्टी र जमघट भने गर्न पाइने छैन।

यस्तै, विद्यालय तथा कलेजमा हुने नियमित पठन–पाठन, समूहमा हुने खेलकुदका गतिविधि, सिनेमाहल, जीम हल, सैलुन, पुस्तकालय, धार्मिक स्थल लगायतका क्षेत्रहरू पनि बन्द रहनेछन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery