www.tandavnews.com
Fact ~ In search of truth
Mulberry

थप सय जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

hima aus

नेपालमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ।

classic tech

यस्तै बुधबार थप दुई जना संक्रमितको मृत्यु भएको छ । उनीहरूमध्ये एक जना चिनियाँ नागरिक हुन् भने अर्का एक जना भने धनुषाका स्थायी बासिन्दा हुन्। धनुषाका व्यक्तिको भने साउन ६ गते मृत्यु भएको हो।

Batas

बुधबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै हालसम्म १२ हजार ६८४ उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...