www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको देउपुरमा बाढी गएको छैन, ‘फेक भिडियो’ माथी अनुसन्धान सुरु

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

बुधबार फेसबुकमा एउटा बाढीको भिडियो भाइरल भयो । बाढी पर्वतको देउपुरको आएको उल्लेख गर्दै केही पेजहरुले लाइभ स्ट्रिम गरे त केहिले पोष्ट गरे ।

हप्ता दिनदेखिको अविरल वर्षाले विभिन्न स्थानमा पहिरो र बाढी गएको समाचारहरु आइरहँदा ‘पर्वतमा पनि ठूलै बाढी गएछ क्यारे’ भन्ठान्नु स्वभाविक नै थियो । फेसबुकमा पोष्ट भएपछि अरु के चाहियो, श्यर ह्वारह्वार्ती । अझ भिडियोको पोष्टमा’ श्यर गर्नुहोस्’ भन्ने नै लेखिएपछि त श्यर नगरिरहन धेरैको मनले मानेन । अत्याधीक श्यर भयो ।

Batas

तर उक्त भिडियो फेक अर्थात झुटो रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वत प्रहरीले भनेको छ ‘ मिति २०७६।०४।०७ गते साँझको १७ः१७ (५ः१७) बजेको समयमा ‘पर्वतको देउपुर कोट मा ऐले सम्म कै ठूलो बाडी, शेयर गर्नुहोस र सुरक्षित रहनु होस् । धेरै भन्दा धेरै शेयर गरेर चाँडै भन्दा चाँडै सरकारी निकाय यहाँ पुगोस् ।’ भन्ने क्याप्सन सहित ‘नेपाली मन’ नामक फेसबुक पेजबाट प्रसारित लाइभ भिडियो पर्वत जिल्लाको कुनै पनि स्थानको नभएको पाईएकाले प्राकृतिक विपद जस्तो संवेदनशिल विषयमा समेत भ्रामक झुट्टा अफवाह फैलाउने विवरण दिई आम सर्वसाधारणहरुमा त्रास फैलाउन झुट्टो भिडियो प्रसारण गर्ने व्यक्ति उपर अनुसन्धान भइरहेको हुँदा उक्त भिडियोको भ्रममा नपर्न हुन आम पर्वतबासी महानुभवहरुलाई अनुरोध गरिन्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.