www.tandavnews.com
Fact ~ In search of truth

पोखराका २ सहित गण्डकीमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदिेशमा थप ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार पर्वतको मोदीमा २, स्याङ्जाको चापाकोटमा १ र कास्कीको पोखरामा २ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ३ सय ५० पुगेको छ । १ हजार ९१ संक्रमणमुक्त भई घर फर्किएका छन् ।

Batas

यस्तै, बुधबारसम्म विभिन्न जिल्लाबाट संकलित नमुना सबै परिक्षण भइसकेको निर्देशनालयले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.