www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : मालिकामा भत्किए सात घरगोठ

बलेवा ।
वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ नगरपालिका–५ मालिकामा सात घरगोठ भत्किएका छन् ।

मालिकाका हेमराज रेग्मी, भरत रेग्मी र टकमाया किसानको घर पहिराले भत्काएको हो । सोही ठाउँका भरत रेग्मी, हर्कबहादुर क्षेत्री, भीमप्रसाद शर्मा र देवीप्रसाद शर्माको गोठ भत्किएको वडाध्यक्ष शिव सापकोटाले जानकारी दिए  । “सामान्य क्षति भएका र बसोबास गर्न नमिल्ने भएका धेरै घरगोठ छन्”, सापकोटाले भने , “केही दिन पहिला तीन परिवारलाई अन्यत्रै सारिएको थियो ।”

पहिराले विद्युत् प्रसारण लाइनका पोल बगाउँदा मालिकामा विद्युत् सेवा पनि अवरुद्ध छ । खानेपानीका मुहान तथा वितरण लाइनका पाइप बगाएपछि स्थानीय बासिन्दाले सास्ती खेपेका छन् ।

Batas

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.