www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालय : पदपूर्तिको माग राख्दै नेविसंघकाे रिले अनसन सुरू

पाेखरा ।

विगत १० महिनादेखि रिक्त उपकुलपति र रजिष्ट्रारको पदपूर्तिको माग राख्दै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले पोखरा विश्वविद्यालयमा रिले अनसन सुरू गरेका छन् ।

विश्वविद्यालयमा अहिले उपकुलपती, रजिष्ट्रार, परिक्षा नियन्त्रक र डिन लगायत विभिन्न शंकायका प्रमुखहरुको पद रिक्त छ । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालयका विद्यार्थी नेताहरु गोपी तिवारी, राजीव भण्डारी र निरज लामिछानेले रिले अनसन सुरू गरेका हुन्।

Batas

आफूहरुको माग पूरा नहुँदासम्म अनसन जारी राख्ने राजीव भण्डारीले बताए । विद्यार्थीहरुले दश, दश महिना विति सक्दा पनि क्याम्पस पदाधिकारी नियुक्त नगरि ४० हजार विद्यार्थीको भविष्यको खेलवाड गरेको आरोप लगाएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.