www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरकाे ‘राजस्व लफडा’बारे के भन्छन् स्थानीय ?

पाेखरा
ताण्डव न्यूज । 

भोजराज अधिकारी

महानगरले जुन कर उठाउन पर्ने हो त्यो समयमा र उचित व्यवस्थापन गर्न नसकिरहेको अवस्था छ । जनताले जब चुनेर पठाईसकेपछि जनप्रतिनिधिले सहि समयमा सहि ढङ्गले आफ्नो कार्यक्षमता देखाउनुपर्ने आवश्यकता हुन्छ । किनभने उसले गर्छ र गर्ला भनेर चुनेर पठाएको हुन्छ । जनप्रतिनिधिप्रतिको गरेन भने जनताको सोच परिवर्तन हुनसक्छ । जुन यो ठेक्कापट्टा र करको कुरा छ र साना करदाताहरुले मजबुर भएरै कर तिर्नपर्ने र ठुला करदातालाई छोड्ने यो जुन परिपाटी छ यस्लाई निरुत्साहित गर्दै जानुपर्ने हुन्छ । यिनलाई विल्कुल निरुत्साहित गरेर सरकारले यी काम कारवाही प्रति लगनशिल भएर काम गर्नुपर्छ होईन भने सरकार प्रति जनताको वितृष्णा जागेर उनीहरुलाई नै कारवाही गर्न जनता सडकमा उत्रिने सम्भावना बढेर आउन सक्छ ।

दुर्गानाथ लामिछाने

महानगरको यो घटना सुनियो । यो कुरा सुन्दाखेरी हामी सचेत युवाहरुलाई यस्तो लागिराछ की यो देशमा कानुन नै छैन ? कानुन भएपनि राज्यलेनै त्यस्लाई थिचिरहेको छ जस्तो देखियो । महानगरको जुन यो घटना छ यस्लाई प्रत्यक्ष रुपमा जनताको अगाडि ल्याउन सक्दैनन् भने जनताले फेरी अब हुने निर्वाचनमा देखाउनेछन् । यसमा हाम्रा नेताहरु एकदम सचेत हुनुपर्ने देखियो । करको विषयमा साना–साना मझौला व्यवसाय गरेर बस्नेहरुलाई जसरी भएपनि उठाउनपर्छ भनेर राज्यले एकदमै दवाबै दियो । तर यहाँ हुनेखाने छन् जस्ले कानुनलाई दबाएर राख्नेछन् उनीहरुले राजस्व तिर्न नपर्ने यो कस्तो खालको कानुनको कल्पना गर्दैछौ कस्ता खालको कानुन चाहदैछौ ? अब हरेक युवाहरुले बुझिसकेका छन् । यस्लाई महानगरले निष्पक्ष छानविन गर्नुपर्दछ ।

Batas

बलराम भण्डारी

करको सम्बन्धमा भन्दा, सानाले मात्रै तिर्नपर्नै ठुलालाई केहीपनि नहुने यो परिपाटी विगतमा जे थियो अहिलेपनि करिब त्यस्तै भएको अनुभव भैरहेको छ । एउटा कुरा के बुझ्न पर्ने स्थिति देखिएको छ भने विगतमा जुनसुकै सरकार र व्यक्तिहरु आएपनि जनताले राहात र राम्रो अनुभुति सुखको अपेक्षा लिएका थिए । त्यो भएको देखिदैन । समग्रमा भन्नुपर्दा कर्मचारी र निर्वाचित जनप्रतिनिधिहरुको समेत संलग्नता भएर नै यस्तो भ्रष्टचार मौलाउदै गएको देखिन्छ । जनताको अपेक्षा पनि त्यही हो यस्लाई निरुत्साहित गुर्नपर्छ ।

 

तेजेन्द्र भट्टराई

पोखरा महानगरपालिकामा भएको आर्थिक अनियमितताको घटनामा आम सचेत युवाहरुको ध्यानार्कषण भैरहेको छ । महानगरले जुन यो आर्थिक अनियमितता र कर उठाउन नसकेको कुरा छ । जबकी नर्मल मान्छेहरुलाई कर बढाउदै जाने जुन हुनेखाने वर्ग व्यवसायी छन् उनीहरुसँग उठाउन नसक्नु मेयर र कर्मचारीकै मिलेमतोमा सम्पूर्ण काम भैरहेको छ । जुन टेन्डरको कुरा छ, यसमा चाँही आफ्नै नजिकका मान्छेहरुलाई दिएर आफ्नै मान्छेलाई आर्थिक हिसाबमा फाईदा होस् भनेर कारणले गर्दा नै यो करहरु उठाउन नसकेको अवस्था छ । यसमा चाँही मेयरले सक्छ भने कर्मचारीलाई कारवाही गरोस हैन सक्दैन भने राजिनामा दिए हुन्छ ।

प्रस्तुती : अर्जुन गाहा मगर (सुशान्त)

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.