www.tandavnews.com
Fact ~ In search of truth

सुनको मूल्य हालसम्मकै उच्च

आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको छ।

शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ।

Batas

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.