www.tandavnews.com
Fact ~ In search of truth

‘यि अनुहारलाई किन कारवाही गर्न डराएको महानगर ?’

पोखरा
ताण्डव न्यूज ।

आर्थिक सुशासन कायम गर्न नसक्दा मुलुकका धेरै सरकारी कार्यालयहरू विवादमा आउने गर्दछन् । स्थानीय तहको निर्वाचनपछि जनताले आर्थिक पारदर्शिता होला भन्ने आशा पनि गरे । तर जनताको आशामाथि मडारिएको बादल खुल्न सकेन । जनताको भरोसामाथि तुसारापात भयो । आर्थिक अपारदर्शिताका घटनाहरू झन्झन् मौलाउँदै गए ।

पछिल्लो केही महिना पोखरा महानगरपालिकामा पनि यस्ता घटना सार्वजनिक भइरहेका छन् । जुनको ताण्डव न्यूजले पर्दाफास गर्दै आएको छ । राजस्व, ठेक्कापट्टा लगायतका विषयमा कर्मचारीकै संलग्नतामा गडबढ पाइएको छ । पुल बनाउने ठेक्का लिएका ठेकेदारले ग्राभेल उठाउनमात्रै तम्सिने, राजस्व छल्न खोज्ने, जनताले तिरेको राजस्व खल्तीमै खन्याउने लगायतका कार्यहरू भइरहँदा पनि महानगरले कारवाही गर्न सकेको छैन । यसरी कारवाहीमा महानगर चुक्दा त्यस प्रकृतिका कार्य गर्नेहरूलाई थप बल पुग्छ । महानगरका मेयर मानबहादुर जिसीकै अघि कर्मचारीलाई धम्क्याउँदा समेत मौन बसिरहेछ महानगर । यसले महानगरको जिम्मेवारी र पारदर्शिताप्रति जनताको अविश्वास बढाउनेमा दुईमत रहँदैन ।

Batas

यस्ता घटनामा संलग्न व्यक्ति तथा कर्मचारीलाई किन महानगरपालिकाले कारवाही गर्न सक्दैन भनेर जनताले प्रश्न सोध्न थालेका छिन् । किन महानगरपालिका गल्ती गर्नेलाई कडा कारवाही गर्दैन ? गल्ती गर्ने व्यक्ति र कर्मचारीको नाम यस प्रकार छन् :

अनुहार नम्बर १ : ग्राभेल काण्डका नाईके ठेकेदार लामा

निलगिरी नेशनल जोइन्ट भेन्चरले बसन्त लामाले २०७७ ज्येष्ठ २० गतेदेखि २०७७ असार २ गते अर्थात १४ दिनको लागि ग्राभेल निकाल्ने अनुमति पाएका थिए । पत्र अनुसार १४ दिनमा १००० घ.मि ग्राभेल निकाल्ने अनुमति लिन लामाले १ घ.मिको १ सय ४२ को दरले गर्दा १ हजार घ.मिको १ लाख ४२ हजार मात्र कर तिरे । तर ग्राभेल प्रति घ.मिको ७ सय १० को दरले कर तिर्नु पर्ने हो । जस अनुसार ७ लाख १० हजार रुपैयाँ लामाले कर बुझाउनु पर्ने थियो । उनलाई अहिलेसम्म महानगरपालिकाले कानुनी दायरमा ल्याएको छैन् ।

अनुहार नम्बर २ : महानगरमै गएर कर्मचारीहरु धम्काउने गोपाल

गोपाल गुरुङ, पाेखरा – १३

पोखरा महानगरपालिका भित्रै गएर मेयर मानबहादुर जिसीको अगाडि कर्मचारीलाई अपशब्द बोल्दै धम्की दिने पोखरा–१३ बाँझापाटन गोपाल गुरुङलाई पनि कारवाही गर्न महानगरपालिका डराएको छ ।
गुरुङ २०७७ ज्येष्ठ २३ गते महानगर कार्यालय भित्र गएर कवाडी कर सम्बन्धी विषयलाई लिएर कर्मचारी धम्काएपछि त्यहाँ रहेका ६ जना कर्मचारीले किटानी उजुरी मेयरलाई दिएका थिए तर अहिलेसम्म कुने सुनुवाई भएको छैन् ।

अनुहार नम्बर ३ : रामघाट ठेक्का परेको राजी कन्स्ट्रक्सन


भरपुर–१ चितवन कार्यालय रहेको राजी कन्स्ट्रक्सनले रामघाट ठेक्का पारेपछि तिर्नु पर्ने ३ करोड ५ लाख ५० हजार राजस्व अझै आएको छैन् । टेन्डर पारेको १४ दिन भित्र रकम दाखिला गर्छु भनेर अझैसम्म दाखिला गर्न सकेको छैन् ।

अनुहार नम्बर ४ : रामघाट काण्डमा मुछिएका कर्मचारी छवी

रामघाटको ३ करोड ५ लाख ५० राजस्व उठाउने कुरामा तत्कालिन राजस्व शाखा प्रमुख छवी शर्मा आफ्नो भुमिका शंकास्पद देखिएको थियो । महानगरकै आर्थिक प्रशासन शाखा प्रमुख जयराम पौडेलले कारवाही नै गर्नुपर्ने सिफारिस गरेका थिए ।

त्यति मात्र होइन रामघाटको कर मिलाउने भन्दै ५÷१० लाख खाएको आरोप समेत शर्मालाई लागेको थियो । त्यो घटना सार्वजनिक भएकोपछि अख्तियारले फाईल तानेको थियो । आरोप लगेर विवादमा परेको कर्मचारी छविलाई केही दिन भएपनि निलम्बन गर्नु पर्ने थियो । तर यस्तो ठूलो विवादमा आएको कर्मचरीलाई सेवाग्राहीले त्यहाँ देख्दा समेत आलोचना भएको छ । निलम्बन गर्न नसेकेपनि यो घटनाको अनुसन्धान भईरहेको वेला छविलाई विवादमा राख्नु पर्ने थियो ।

अनुहार नम्बर ५ : राजस्व काण्डमा खरिदार मरासिनी

२०७६ फागुन १२ गतेको मितिमा हस्तलिखित रसिदमा देखाएर रकम खाएको खुलासा भएको थियो । पोखरा–१३ वडा कार्यालका कर्मचारी खरिदार दिपेन्द्रप्रसाद मरासिनीले २ जना सेवाग्राहीबाट २३ हजार ७ सय १५ रुपैयाँ घर नक्सापास वापतको राजस्व लिएका थिए । तर उनले सफ्टवेयरमा १ हजार ३० रुपैया मात्रै इन्ट्री गरे । वडामा रहेका सेवा केन्द्रलाई सो अपचलनबारे थापा भएपछि मरासिनीले २०७७ असार १६ गते राजस्वको बाँकी रकम इन्ट्री गरे । रकम खाने नियतले काम गरेका मरासिनीलाई अझै कारवाही भएको छैन् । उल्टो मरासिनीको गलत कामको पर्दाफास गर्दै महानगरमा कारवाहीको सिफारिस गर्ने केन्द्रका प्रमुख अशोककुमार सुनार अप्ठ्यारोमा परे । उनलाई त्यो घटनाले गर्दा महानगर कार्यालयमा तानिएको हो ।

सम्बन्धीत न्यूज

महानगरका कर्मचारीको नियतमाथी प्रश्न ! ग्राभेल करको ५ लाख ६८ हजार खै ?

‘कानुन विपरित कवाडी ठेक्का’, गोपाल गुरुङलाई होला त कारवाही ?

पोखरा महानगरको ३ करोड काण्ड : कसले कारवाही गर्ने अटेरी ‘बाहुबली’हरुलाई ?

लाचार महानगर प्रशासन, गलत गर्ने कर्मचारीलाई सुटुक्क उन्मुक्ती !

पोखरा महानगरकाे ‘राजस्व लफडा’बारे के भन्छन् स्थानीय ?

कहिले बन्छ पोखरा-२३मा पुल ?

पुलको काम ठप्प : ग्राभेलमा अझै चलखेल, महानगरपालिकाको अनुगमन

सभापति कोइरालाको ‘कमाण्ड’ भएन, ठेकेदारले टेरेनन्

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

ताण्डव न्यूज प्रभाव : पाेखरा-२३ मा लकडाउन खुलेको तीन महिनामा पुल बन्ने

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.