www.tandavnews.com
Fact ~ In search of truth

मणिपालका डक्टरलाई कोरोना

पाेखरा
ताण्डव न्यूज ।

मणिपाल शिक्षण अस्पतालका एक जना डक्टरमा कोरोना भाइरस रोग (कोभिड-१९) को संक्रमण देखिएको छ । एमडी पढ्दै गरेका ती डक्टरलाई कोरोना संक्रमण पुष्टि आज सोमबार भएको स्रोतले जनाएको छ।

उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । क्षेत्रीय अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पताल बनाइएको हुँदा त्यहाँ लगिएको हाे । क्षेत्रीय अस्पतालमा कोरानाका बिरामी उपचार गर्न छुट्टै आइसोलेसन कक्ष छ ।

Batas

कोरोना संक्रमित चिकित्सक मणिपाल शिक्षण अस्पतालमा कार्यरत हुँदै एमडी पनि पढ्दै आएका थिए । उनको आवास पनि मणिपालमै छ । प्रदेश स्वास्थ्य निर्देशानलयका निर्देशक डा. विनोद विन्दु शर्माले केही बेरमा मात्र यसबारे बताउन सक्ने बताए । उनले हो वा होइन भन्ने यकीन जवाफ दिएनन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.