www.tandavnews.com
Fact ~ In search of truth

बाह्य पर्यटक भन्छन् ‘हामी नेपालमै सुरक्षित छौ, यही बस्न चाहन्छौँ’

अर्जुन गाहा
पोखरा,ताण्डव न्यूज ।

‘कोभिड –१९’ कोरोना भाईरसको कहरका कारण नेपालमै रहेका बाह्य पर्यटकहरु यही सुरक्षित रहेको बताएका छन् । पोखरामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुलाई नेपाल सरकारले भदौ १ पश्चात आफ्नो देश फर्किन आदेश गरेपनि नेपालमै सुरक्षित रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कोअर्डिनेटर अमेरिकाकी रक्सीले आफ्नो देशमा भन्दा नेपालमै सुरक्षित रहेको बताईन् । उनले अमेरिकामा भयाभह रहेको मध्येको प्रान्तमा आफ्नो घर रहेको बताउदै नेपाल सरकारले फर्कन आदेश गरेपनि जान नचाहेको बताईन् । उनले नेपालाई दोस्रो देशको रुपमा लिने बताउदै यहाँको कल्चर र नेचरसँग नजिक भएको बताईन् । उनले नेपाल भ्रमण पहिलो पटक भएपनि नेपाल सरकार र नेपाली दयालु तथा सहयोगी रहेकालेले नेपाललाई दोस्रो राष्ट्रको रुपमा दिएको प्रष्ट पारिन् ।

Batas

उनले पोखरामा रहेका करिब १०० बढि पर्यटकहरुको प्रतिनिधित्व गर्दै उनीहरुले पत्रकार सम्मेलन मार्फत आफ्ना कुराहरु राखेको बताउदै सरकारले सोही अनुरुपको व्यवस्थ ागर्नेमा विश्वास व्यक्त गरिन् । त्यस्तै अर्की अमेरिकी नागरिक एन्नीले नेपालमै अहिलेको अवस्थामा नेपालमै बस्न चाहेको धारणा राखिन् । उनले आफ्नो मुलुक फर्किई क्वारेन्टिनमा बस्नको लागि बढि शुल्क लाग्ने तर्क दिदै नेपालमै सुरक्षित रहेकोले आफ्नो देश फर्किन नचाहेको बताईन् । पत्रकार सम्मेलनमा उपस्थित विभिन्न मुलुकका प्रतिनिधिहरुले आ–आफ्नो मुलुकमा भन्दा नेपालमै सुरक्षित रहेकोले घर फर्किन नचाहेको बताएका थिए ।

त्यस्तै बाह्य पर्यटकहरुलाई समन्वय गरेका पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले पोखरामा विभिन्न ४० मुलुकका १०० बढि पर्यटक आफ्नो देशमा फर्कन नचाहेको बताए । ‘उनीहरु आफ्नो घर फर्किन पैसा पनि बढि लाग्ने र त्यहाँभन्दा यही सुरक्षित भएकाले जान चाहेका छैनन् ।’ तुलाचनले भने ।

कोरोना भाईरस नियन्त्रणका लागि सरकारले अर्काे महिना देखी बाह्य पर्यटकलाई घर फर्कन आदेश दिएको तुलाचनले बताए । ‘नेपाल सरकारले बाह्य पर्यटकलाई आफ्नो देश फर्कन आदेश दिएको १५ दिनभित्रमा नेपाल छाडिसक्नुपर्नेछ, तुलाचनले भने, ‘तर उनीहरु भने जान चाहेका छैनन् ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.