www.tandavnews.com
Fact ~ In search of truth

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी

अमरगढी ।

डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

रासस
–––

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.