www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जा-पोखरा : कहाँ हराए पंकज गिरी ?

पाेखरा
ताण्डव न्यूज । 

स्याङजा चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भई पोखरा–५ पस्र्याङ बस्ने पंकज गिरी असार १८ गतेदेखी वेपत्ता छन् । स्याङजा बाड्खोलाबाट आएका ना ४० प ३७२० नम्बरको हरियो बुलेट बाइकमा पोखरा आएका १९ वर्षी गिरी एक महिना वितिसक्दा पनि फेला परेका छैन् । पंकज त्यस दिन नौ डाँडासम्म आएको देखिन्छ, त्यसपछि मोबाइल आफ भयो उनको ।

उनी हराएको खबर पाएपछि आफ्न्तले उनी निकट सबै साथीहरूलाई फोनबाट सोधपुछ गरे । तर पंकज कुनै साथी कहाँ पनि नगएको र पोखरा नआएको भन्ने खबर पाएपछि आफन्तले स्याङजा प्रहरी मात्र नभएर कास्की प्रहरीकहाँ समेत गुहार मागेको हो । हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङजा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाममा समेत निवेदन दिएका छन् । पोखरा बाग्लुङ वस पार्कमा रहेको सुनिल अटो पार्टसमा काम गर्ने गिरी असार १८ गते स्याङजाबाट हिँडेको तर पोखरा आई नपुग्दा बिच बाटोमा कसरी हराए भन्ने प्रश्न उठेको छ ।

Batas

गिरीले स्याङजाबाट आउँदा प्रयोग गरेको बुलेट बाइक लेकसाइडबाट भाडामा लिएको भन्ने खुलेको छ । उनले चैत ८ गते  लकडाउन अघिनै लेकसाइडमा रहेको पोखरा मोटरसाइकल रेन्ट हाउसबाट बाइक भाडामा लिएको र सो वापत एक पटक २५ हजार र अर्को पटक १० हजार गरी ३५ हजार रकम बुझाएको उनको आफ्न्त सुशील गिरीले ताण्डव न्यूजलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी सुवास हमालले गिरी हराएको भनी निवेदन परेपछि धेरै खोजी गरिएपनि अझै फेला नपरेको बताए । ‘पंकज त्यस दिन स्याङजा नौ डाँडासम्म आएको देखिन्छ, त्यसपछि मोबाइल अफ छ ।’ डिएसपीका अनुसार पंकजको आफ्न्तले मात्र नभएर बाइक भाडामा दिएका व्यक्तिले समेत खोजी गरि पाउँ भनेर निवेदन समेत दिएको बताए । ‘जुन बुलेट बाइक गिरीले लिएर हिँडेका छन् , त्यो भाडाको हो भन्ने कुरा आएको छ, भाडामा दिएका व्यक्तिसँग र गिरीका साथीहरूसँग पनि सोधपुछ गरेका छौ ।’ उनको खोजी कार्य भई रहेको डीएसपी हमालले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.