www.tandavnews.com
Fact ~ In search of truth

‘नारायणस्थान घाटमा कसैको दृष्टि पुगेन’

ताण्डव न्यूजको कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्र जस्ताको तस्तै यहाँ प्रकाशन गरिएकाे छ ।

श्री ताण्डव न्यूजकाे कार्यालय
नयाँबजार, पोखरा, कास्की

विषय : आर्थिक सु–शासन कायम गराउने सम्बन्धमा ।

Batas

उपरोक्त विषयमा पोखरा महानगरपालिकाको बृहत्तर विकास निर्माण सुशासन, पारदर्शिता एवं सामाजिक विकासका लागि महानगरको आर्थिक स्रोतको अहम् भूमिका रहन्छ । यसका लागि महानगरमा जननिर्वाचित प्रतिनिधि बहाल भए पश्चात् महानगरीय विकासका लागि गठित विभिन्न समितिहरू मध्ये अति महत्वपूर्ण समिति राजस्व परामर्श समिति नै हो ।

यस्तो अत्यन्त संवेदनशील समितिद्वारा भए गरेका आर्थिक अनियमितता, ठेकेदारिय साथै साझेदारीमा सहमति गरि मिलेमतोमा गरिखाउँ भन्ने प्रवृत्ति राखी नगरका विभिन्न क्षेत्रमा आर्थिक अनियमितता भइ आएका छन् ।

त्यसैको एउटा उदाहरण हो सेती नदी रामघाट बालुवा प्रकरण, वडा नं २३ को पुलमुनिको ढुङ्गा, गिट्टी, बालुवा प्रकरण, त्यस्तै कसैले थाहै नपाउने गरि प्रबन्ध मिलाई खाने गरेको अर्को स्थान हो । सेती नदी नारायणस्थान घाट । यस घाटमा त महानगरका राजस्व समिति संयोजक एवं वडा नं ३ का वडाध्यक्ष रविन्द्र बहादुर प्रजुले आफ्नो संयोजकत्वमा प्राविधिक समेतको मुल्यांकन र विगतको कारोबार समेतको आधारमा वार्षिक ३० लाख भन्दा बढी आम्दानी हुने देखि न्यूनतम अङ्क रु बाइस लाखमा त टेन्डर नै भइसकेको थियो । उक्त टेन्डर प्रकृयामा आउनेलाई निरुत्साहित गराइ टेन्डर हाल्न नदिई आफ्नो मातहतका निकटतम आज्ञाकारी कर्मचारी का.स. विकास पुनलाई रसिद काट्ने जिम्मा दिई हेर्ने र रकम उठाउने गराउँदै आएका छन् ।

यस कर्मबाट आ.व. ०७६/०७७ मा बाइस लाखको त के कुरा बाइस हजार रुपैयाँ पनि महानगरपालिकामा दाखिला भए जस्तो लाग्दैन । किनकि हरेक दिन बिहान ४ बजेबाटै बालुवा बोक्नेको घुइँचो लाग्छ । सेती स्नान गर्न जानेले समेत बाटो पाउँदैनन् ।

यसरी बोकी सङ्कलन गरिएको बालुवा रातारात गाडीमा लोड गरि बिक्री हुन्छ । कुनैपनि गाडीबाट रकम असुली पुर्जी माग्दा छैन भन्दै देखाउदैनन् । यसबाट पनि स्पष्ट हुन्छ की राजस्व परामर्श समिति संयोजकबाटै ठूला साना घटनाहरू आफ्नै कब्जा लिएका छन् । यस नारायणस्थान घाट आसपास बस्ने बासिन्दा, साधु सन्त, महात्मा, पुजारी तथा स्थानीय बासिन्दाहरुसँग यस बाटबाट त महिनैपिच्छे लाखौँ रकम हिनामिना भएको छ, भन्ने कुरा सर्वव्यापक छ ।

त्यसैमा पनि हाल कोभिड १९ को कारण ०७६/१२/११ बाट अधिराज्य व्यापी लकडाउन भएको बेलामा त झन् अन्यत्र घाटका ज्यामीहरु पनि त्यहि आई विहान ४ बजेबाटै बालुवा बोक्ने र रातारात बिक्री गरि गाडीले लाने गरेका छन् ।

यसरी लकडाउनका बेला घरभित्रै बस्ने भनि बन्द हुँदापनि किन काम गर्छौ ? भन्दा, यो घाट सुरक्षीत एकान्त स्थानमा छ, त्यसैले हामीलाई बोक काम गर्न मिल्छ भनेर वडाबाट कुरा आएको भन्छन् । त्यसैले अरुबेला भन्दा अहिले बढी बिक्री र धेरै मूल्यमा बिक्री हुने गरेको छ ।

हामी काम नगरी खान नपाउने भन्दै साँझ बिहानपुरै काम गर्ने र राती बिक्री गर्ने गरेकाले पनि महानगरको सम्पतिमाथी महानगर राजश्व परामर्श समितिका संयोजक एवं वडाध्यक्ष रविन्द्र बहादुर प्रजुबाटै नदीजन्य स्रोतको व्यापक दोहन भइरहेको छ । खै त्यसमाथी कसको दृष्टि पर्ने र कसले के कारवाही गर्ने भन्ने भएको छ । यस्ता प्राकृतिक नदीजन्य सम्पति दोहन गर्ने अर्थिक भ्रष्टाचारीमाथी महानगरबाट रसिदप्रमाण झिकाई छानबिन गरि नागरिकले देख्ने गरि दोषी माथी कडा कारवाही गरि राज्यको आर्थिक पक्षमा सु शासन कायम राख्न यहाँका लोकप्रिय मिडिया मार्फत सत्य त्थय व्यहोराको खोजबिन गरि जनसमक्ष उजागर गराई कारवाहीका लागि सम्बन्धीत निकाय समक्ष ध्यानाकर्षण गराइदिनुहुन अनुरोध गर्दछौँ ।

महानगरबासी नागरीकहरु
पोखरा

पत्र

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.