www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी बैंकद्धारा महेन्द्र माविलाई डेढ लाख सहयोग

पोखरा
ताण्डव न्यूज ।

महालक्ष्मी विकास बैंक लि. ले विद्यालयलाई सहयोग गरेको छ । बैंकको पोखरा स्थित चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरेको हो । बैंकले पोखरा १७मा रहेको महेन्द्र माविका लागि शौचालय, हात धुने ठाउँ र सेप्टीक ट्याङ्क निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आसार ३० गते एक कार्यक्रमका बीच बंैकका प्रबन्धक गोपी राज अधिकारीले रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष श्री पशुपति शर्मा ज्युलाई रु. एक लाख पचास हजार रकमको चेक हस्तान्तरण गरेका थएि । साथै, उल्लेखित कार्यक्रमहरुमा बैंकका कर्मचारी तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Batas

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.