www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले पुरिँदा दुईको मृत्युु

दाङ ।

दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।

Batas

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.