www.tandavnews.com
Fact ~ In search of truth

पहिरोले पर्वतको धाइरिङमा २५ घर विस्थापित

पर्वत ।

पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।

धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।

Batas

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्षति पु¥याएको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.