www.tandavnews.com
Fact ~ In search of truth

घुस लिने चार प्रहरी निलम्बित

वाग्मती ।

प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि रु १२ हजार घुस सेवाग्राहीसँग लिएको आरोपमा प्रहरी निरीक्षक रामवालक राय यादवलाई कारवाही गरिएको थियो ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी हवल्दार प्रकाश जैशी, प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, इलाका प्रहरी कार्यालय मनहरिमा कार्यरत प्रहरी जवान अजय महतो र ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी जवान लक्ष्मणकुमार महतो रहेको छन् ।

Lama collectio News Middle

प्रहरीको विशेष टोलीले उनीहरुलाई सवारी चालकसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक विज्ञान कस्नेतको संयोजोकत्वमा तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको कामलाई पारदर्र्शी र अनुशासित बनाउन विशेष अभियान शुरु गरेको सो कार्यालयका नायब महानिरीक्षक वसन्त लामाले बताए ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery