www.tandavnews.com
Fact ~ In search of truth

अपाच्य शब्द प्रयोग गरि गाउनेलाई दोहोरी प्रतिष्ठानको कारवाही

पोखरा
ताण्डव न्युज ।

यो वर्ष गतवर्षको तुलनामा तीजका गीतका गीतहरु निकै कम आए । संख्यात्मक रुपमा तीजका गीत कम आएपनि मौलिकताको विषयमा कठ्ठै गीत भन्ने अवस्था सिर्जना ग¥यो । यो सालका केही तीज गीतले नराम्रोसँग संस्कृतिलाई झापट हान्यो । युटुवमा भ्युर्अस बढाउने दौडानमा कतिपय कलाकारले तीज गीतको मर्म नै बुझेनन् । भाका चोरी, शब्द चोरी पहिला पनि हुने गरेकै थिए । तर, यो वर्ष मादलको ताल सुनिनुको साटो ड्रम सेट, गितार, उस्तै भोकल बढी हावी देखियो ।

यस्तै विकृतिविंगतिलाई हटाउन पर्छ भन्दै यतिखेर कलाकारको साझा संस्था दोहोरी गीत प्रतिस्ठान नेपाल लागि परेको छ । साउन १६ गते बसेको केन्द्रीय कमिटिको बैठकबाट संस्थाका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृति विसंगति विरुद्धको १३ सदस्यीय कार्यदल गठन गरिएको छ । शिब हमालको संयोजकत्वमा गठित कार्यदल भित्र उपसंयोजक हरि डाँगी, कृष्ण रेउले, पी।एन सापकोटा, सदस्यहरु कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अन्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्ट लगायतका कलाकारको टिम समावेश छ ।

Batas

केवल सस्तो लोकप्रियताका लागि असामयिक गतिविधिहरु गर्ने कलाकारलाई कालो सुचिमा राख्ने, प्रतिष्ठानका गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बन्चित गराउने निर्णय गरिएको सार्वजनिक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विकृति विसंगति न्यनिकरण कार्यदलका संयोजक शिव हमालले तीज गीतमा बढीनै विकृति भित्रिएकोले कार्यदल गठन गरिएको सुनाए । उनले कार्यदल गठन भएकै दिन रामजी खाँणको ‘सबै राजा सबै दादा’ भन्ने गीत हटाइएको बताए । यससँगै कार्यदलले शनिबारमात्रै १२ वटा तीज गीतलाई हटाउन लगायो । ‘केही गीत राम्रा भएपनि टाइटल नराम्रो हुँदा सच्चाउन लगाइयो भने केही भिडियो भित्रका क्लिप हटाउन लगाइयो,’ हमालले भने, ‘दुर्गेश थापाको गीतमा सारी लगाएको सिन हटाउन लगाएका छौं ।’ विस्तारै गठित कार्यदलले तीज गीतमा भएका विकृतिलाई हटाउँदै लैजाने हमालले सुनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.