www.tandavnews.com
Fact ~ In search of truth

ओलीसँगको संवादहीनता तोड्न दाहाल पुगे बालुवाटार

काठमाडौं।

केपी ओलीसँगको संवादहीनता तोड्न पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीसँगको चार दिन लामो संवादहीनता तोड्न आज (आइतबार) बिहान नेकपा अध्यक्ष दाहाल पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार गएको जनाइएको छ ।

Batas

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन बनाएको सबै रणनीतिहरु विफल भएपछि अध्यक्ष दाहाल ओलीसँग सहमति गरेरै अगाडी बढ्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

पूर्व माओवादी खेमाका अधिकांश नेताले ओलीसँगै मिलेर अगाडी बढ्न दाहाललाई सुझाव दिएपछि दाहाल चरम असन्तोषका बीच पनि ओलीसँगै समाधानको सूत्र खोज्न संवादमा फर्केका हुन्।

गत मंगलबार पनि ओलीसँग दाहाल र खनालले प्रधानमन्त्री निवास बालुवाटारमै कुराकानी गरेका थिए ।ओलीलाई दुबै पदबाट हटाउने अभियानमा दाहाललाई पार्टी नेता माधव नेपाल, खनाल, नारायणकाजी श्रेष्ठलगायतको समर्थन छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.