www.tandavnews.com
Fact ~ In search of truth

भारतको पन्जाबमा विषाक्त मदिरा सेवनबाट ८६ को मृत्यु

भारत ।

भारतमा विषाक्त मदिरा सेवनका कारण ८६ जनाको ज्यान गएको छ ।

भारतको उत्तरी राज्य पन्जाबमा केही दिनयता विषाक्त मदिरा केही दिनयता विषाक्त मदिराका कारण मृत्यु हुने मानिसको संख्या बढिरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

Batas

भारतमा अवैध तरिकाले उत्पादन गरिने तथा गुणस्तरहीन मदिराका कारण प्रत्येक वर्ष सयौँ मानिसको मृत्यु हुने गरेको छ।आन्ध्र प्रदेश राज्यमा मदिरा भनेर स्यानिटाइजर पिएपछि गत शुक्रवार १० जनाको मृत्यु भएको थियो।

स्थापित ब्रान्डका मदिरा महँगो हुने भएकाले ग्रामीण भेगमा अवैध मदिराको बेचबिखन हुने गरेको छ। विषाक्त मदिरा सेवन गर्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन् ।

शुक्रवार पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले मदिराका कारण मानिसहरूको मृत्यु भएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए। एजेन्सी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.