www.tandavnews.com
Fact ~ In search of truth

तङग्रिदैँ पोखराको पर्यटन, २५ प्रतिशत मजदूर काममा फर्किए

पोखरा ।

लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ ।

चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई आशा दिलाएको छ ।

Batas

पर्यटनसँग सम्बद्ध व्यवसायहरु खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिएसँगै पर्यटन सम्बद्ध विभिन्न क्षेत्रमा आबद्ध मजदूर रोजगारीका लागि फर्किएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भट्टराईले भने, ‘लामो समयको बन्दाबन्दीपछि पर्यटन व्यवसाय सञ्चालनमा आएको छ । अहिले व्यावसायिकरुपमा भन्दा पनि होटलको आन्तरिक व्यवस्थापनलगायतका कामका लागि होटल रेस्टुराँ, ट्रेकिङ सप, ट्राभल खोलिएका छन् । सञ्चालनको प्रारम्भिक अवस्था भएकाले अहिले २५ प्रतिशत कर्मचारी मात्र रोजगारीमा फर्कने वातावरण बनेको छ ।’

उनले व्यवसायले गति लिन थालेपछि विस्तारै सबै पर्यटन मजदूर पूर्ववत्रुपमा कार्यक्षेत्रमा आउने विश्वास व्यक्त गरे । भट्टराईका अनुसार पोखरामा पर्यटन क्षेत्र सम्बद्ध होटल तथा रिसोर्ट, रेस्टुराँ तथा बार, ट्रेकिङ ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोइयरी एण्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, भिटोफलगायतमा गरेर करिब ३० हजारले रोजगारी पाएका छन् ।

पोखरामा ७०० होटल, १०० रेस्टुराँ एण्ड बार, १५९ टे«किङ एजेन्सी, १८१ वटा ट्राभल्स, ६८ वटा प्याराग्लाइडिङ, ११५ वटा ट्रेकिङ इक्युपमेन्ट शप, ७५ वटा इम्ब्रोइडरी एण्ड गारमेन्ट शप र ८६ वटा पर्यटक यातायात व्यवसायी रहेका छन् । यस क्षेत्रमा खर्बौंको लगानी रहेको छ । पोखराका ७०० होटल तथा रेस्टुराँमा मात्रै १२ हजार १९८ ले रोजगारी पाएका छन् ।

भट्टराईले पर्यटनलाई गतिशील बनाउन पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताए । ‘अहिलेको समयमा पर्यटकमैत्री भौतिक संरचनामा सरकारले विशेष चासो दिएर काम गर्नुपर्छ । निजी क्षेत्र पनि सरकारलाई सघाउन तयार छ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.