www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिड १९ सहयोग समिति हङकङ’द्वारा गण्डकी प्रदेशलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

अर्जुन गाहा,

पोखरा/ताण्डव न्यूज ।

‘कोभिड १९ गण्डकी प्रदेश सहयोग समिति हङकङ’ ले गण्डकी प्रदेश सरकारलाई १३ लाख ५ सय बराबरको स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

Batas

कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई), थर्माेगन, मास्क तथा पञ्जा एक कार्यक्रमका बिच आज (आईतबार) गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण पश्चात बोल्दै समितिका संयोजक विरोध विक्रम गुरुङले १ सय ५० थान पीपीई, २ सय ५० थान थर्माेगन, ६ हजार मास्क (एन ९५) र ५ हजार थान पञ्जा (ह्याण्ड ग्लभ्स) सहयोग गरेको बताए । उनले कोरोना भाईरसको संक्रमणलाई न्यूनीकरण गर्नमा टेवा पुग्ने विश्वास सहित प्रदेश सरकारलाई सहयोग गरेको धारणा राखे । संयोजक गुरुङले आगामी दिनमा समेत प्रदेश सरकारसँग विपतको समयमा समन्वय गर्ने बताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सहयोगी टिमको खुलेरु प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । उनले हङकङमा पसिना बगाएर आफ्नो प्रदेशबासीको स्वास्थ्य सुरक्षामा ख्याल गर्दै गरेको सहयोगको सहि सदुपयोग गरिने बताए ।

‘हङकङमा पसिना बगाएर बचेको धनले आफ्नो प्रदेशबासी सुरक्षित रहुन् र गण्डकी प्रदेश सबभन्दा सुरक्षित र राम्रो बनोस भन्ने शुभेच्छा राखेर सहयोग गर्नुभा छ, उनले भने, ‘यो सहयोग खेर जानेछैन । यसको सहि सदुपयोग हुन्छ ।’

उनले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा पनि गण्डकी प्रदेश अगाडि रहेको बताउँदै उनले दोहोर्याएर भने, ‘हामीलाई जतिपनि सहयोग आएको छ यी सबैको सहि सदुपयोग हुन्छ ।’

गण्डकी प्रदेश स्वास्थ्य निर्दाेशनालय पोखराका अनुसार पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना भाईरस संक्रमण हुनेको संख्या १ हजार ५ सय ५ पुगेको छ भने निको हुनेको संख्या १ हजार ३ सय ४ रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.