www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ :निसीखोला र ढोरपाटनमा पहिराले १३ परिवार विस्थापित

बागलुङ ।

बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिराका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका–१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको छ ।

पहिराले खारा बजारका अन्य सात घर पनि कारण उच्च जोखिममा छन् । वर्षा हुनासाथ आउन सक्ने पहिराको जोखिमले स्थानीयवासी त्रासमा छन् । जुनसुकै समयमा थप पहिरो आउन सक्ने र घर भत्किने र पुरिने जोखिममा भएपछि नौ घरपरिवार विस्थापित भएको निसीखोला गाउँपालिका–१ का वडाध्यक्ष इन्द्र मल्लले जानकारी दिए ।‘प्राकृतिक प्रकोपका कारण गाउँमा पहिरोको जोखिम र त्रास बढेको छ’, वडाध्यक्ष मल्लले भने, ‘जोखिमपछि पूर्ववत् सजगता अपनाउनुपर्ने महसुस गरेर अहिले तत्कालका लागि आफन्त र अर्को वैकल्पिकस्थलमा बस्न भनेका छौँ ।

Lama collectio News Middle

निसीखोलामा पछिल्लो तीन वर्षयता हुल्दी पहिराले पनि स्थानीयवासी आजित छन् । यता ढोरपाटन नगरपालिका–८ बोबाङ पेँयाबोटमा पनि अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएको छ । पहिरोका कारण चार घर उच्च जोखिममा देखिएका छन् । शनिबार बिहान खसेको पहिराले स्थानीयवासी काली विक, पोप्ची विक, बाँबरी विक र रोशन विकका घर जोखिममा परेका हुन् । अहिले विस्थापित परिवार छिमेकीका सहयोगमा आश्रयमा लिएर बसेका छन् ।

अलि ठूलो वर्षा हुनसाथ थप जोखिम र भयको अवस्था रहेको पहिरो प्रभावित रोशन विकले बताए । पहिरोकै कारण सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ –ढोरपाटन खण्ड अवरुद्ध भएको छ । ‘अहिले गाउँगाउँ, टोलटोल र घरघरमा सडक पुर्याउनका लागि खनिएको मोटरबाटो पहिरोको मुख्य कारण बनेको छ’, उनले भने,‘अब यसलाई व्यवस्थित नगर्ने हो भने ठूलो जनधनको क्षति हुने देखिएको छ ।’ रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...