www.tandavnews.com
Fact ~ In search of truth

बाइक खाेलामा भेटियो, मान्छे भेटिएन ? घटना शंकास्पद

पोखरा
ताण्डव न्यूज ।

स्याङजा चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भई पोखरा–५ पस्र्याङ बस्ने पंकज गिरीले चढेको बुलेट बाइक भेटिएको छ । असार १८ गते १९ वर्षिय गिरी ना ४० प ३७२० नम्बरको हरियो बुलेट बाइकमा स्याङजा बाडखोलाबाट पोखरा हिँडेका थिए । उनी हराएको एक महिनापछि आइतबार फेदीखोला गाउँपालिका वडा–२, भालु पहाडबाट तलपट्टी सेती खोलामा बाइक भेटिएको छ ।

स्थानीयका अनुसार बाइक दुर्घटनामा परे जस्तो देखिदैन । ‘त्यहाँबाट बाइक लडेको भए भित्ता धस्सिनु पर्ने, झाडी या रुखमा ठोकिएको, लछारेको दाग हुनु पर्ने केही छैन,’ घटना स्थलमा पुगेका एक स्थानीयले भने, ‘घटना हेर्दा शङ्का मान्नुपर्ने आधार धेरै छन् । बाइककै छेउमा हेलमेट भेटिनु जबकी हराएको एक महिना बढि भयो, खोलामा कति ठूलो बाढी आयो, अर्को कुरा बुलेट बाइकको अगाडि पछाडिको नम्बर प्लेट खुल्न नसक्ने अवस्थामा छ, त्यो कसरी भयो ? त्यति मात्र होइन चेसिस नम्बर पनि मेट्न खोजे जस्तो कोरिएको जस्तो देखिन्छ ।’

घटनाको बारेमा अहिले यतिकै केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय स्याङजाका डीएसपी राजेन्द्र अधिकारीले ताण्डव न्यूजलाई बताए । ‘अहिले हामी घटना स्थलमै छौ, भालु पहाडबाट करिब ३०० मिटर तल बाइक फेला परेको छ,’ उनले भने, ‘बाइक, नम्बर प्लेट र चेसिस नम्बर कोरिएको भन्ने कुरा अझै हेर्न बाँकी छ । सडक छेउमा रहेको कलभर्टको ढिस्को खसेको देखिन्छ, एउटा रुखमा डाम देखिन्छ, त्यो पनि अहिले यस घटनामा भएको भन्न सकिदैन । माथिबाट तल जान हेर्न भीरको कारणले गर्दा सम्भव छैन् ।’ घटना बारे थप अनुसन्धान भइरहेको छ ।

Lama collectio News Middle

सम्बन्धीत न्यूज

स्याङ्जा-पोखरा : कहाँ हराए पंकज गिरी ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop