www.tandavnews.com
Fact ~ In search of truth

सिन्धुपाल्चोक पहिरो अपडेट :पुरिएका ७ सहित ९ जनाको मृत्यु

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्चीमा आएको पहिरोमा परी बेपत्ता भएका ८ जनामाध्ये ७ जनाको शव भेटिएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको शव भेटिएको हो ।सोमबार बिहान २ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Batas

बेपत्ता हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहको उपचार जारी रहेको प्रहरीले जनाएको छ । लाई उद्धार गरी थप उपचारका लागि मेलम्ची बेपत्ताको खोजी भइरहेको छ ।

यसैबीच सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ ।

आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती ४८ वर्षीया लक्ष्मी सिलवाल क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । राति सुतिरहेका बेला घर माथिबाट आएको पहिरोमा उनीहरु पुरिएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.