www.tandavnews.com
Fact ~ In search of truth

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख ९२ हजार नाघ्यो

काठमाडौं ।

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३२१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ६५ हजार ७५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

Batas

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २२ हजार १८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३ हजार ७९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३२४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार ७२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३३ जनाको मृत्यु भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.