www.tandavnews.com
Fact ~ In search of truth

‘पंकज गिरी’को कंकाल भेटियो

पाेखरा
ताण्डव न्यूज ।

स्याङ्जा चापाकोट नगरपालिका–५ खेसाम काम्ती घर भई पोखरा–५ पर्स्याङ बस्ने पंकज गिरीको कंकाल भेटिएको छ । हराएको एक महिनापछि गिरीले प्रयोग गरेको मोटरसाइकल आइतबार फेदीखोला गाउँपालिका वडा–२, भालु पहाडबाट तलपट्टी सेती खोलामा भेटिएको थियो ।

मोटरसाइकल भेटिएको स्थान भन्दा करिब ३० मिटर माथी अाज (साेमबार) झाडीमा गिरीको कंकाल भेटिएको हो । गिरीले लगाएको लुगा आफन्तले पहिचान गरेसँगै पुष्टि भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीले बताए ।

Batas

असार १८ गते १९ वर्षिय गिरी ना ४० प ३७२० नम्बरको हरियो बुलेट बाइकमा स्याङजा बाडखोलाबाट पोखरा हिँडेयता बेपत्ता थिए ।

सम्बन्धीत न्यूज

बाइक खाेलामा भेटियो, मान्छे भेटिएन ? घटना शंकास्पद

स्याङ्जा-पोखरा : कहाँ हराए पंकज गिरी ?

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.