www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुक: खाद्यान्न बोकेको जिप दुर्घटना,चालकको घटनास्थलमै मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

घान्द्रुकमा जिप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।आज दिउँसो करिब १ बजेको समयमा भएको दुर्घटनामा जिप चालक मुस्ताङका सुरेश शेरचनको ज्यान गएको हो

नयाँपुल देखी खाधान्नका सामाग्री बोकेर घान्द्रुक हिडेको ग २ च २८१७ नम्बरको निजी जीप क्ल्यू र भिचुक चोकको बिचमा दुर्घटना भएको हो ।
मृतक शेरचनले घान्द्रुक बसपार्कमा खाद्यान्न सामाग्रीहरु खुल्ला व्यापार गर्दै आएको स्थानीय अमृत लामा गुरुङले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ ।

Batas

घान्द्रुक जाने बिच बाटोमा पहिरो झरेको कारण जीप जान नसक्ने भएपछि झारी जीप फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको स्थानीयले बताएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.