www.tandavnews.com
Fact ~ In search of truth

कोशीटप्पुमा ३४ प्रतिशतले पर्यटक आगमनमा कमी

सुनसरी ।

प्रदेश नं १ को पर्यटक ‘हव’का रूपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा लकडाउनका कारण पर्यटक आगमनमा कमी आएको छ । कोभिड–१९ नियन्त्रण गर्नका लागि सरकारले गरेको लकडाउनका कारण आरक्षमा ३३.५७ प्रतिशतले पर्यटक आगमनमा कमी आएको हो ।

आर्थिक वर्ष २०७५/७६ को चैत मसान्तसम्म नेपाली, सार्क मुलुकका र विदेशी गरेर १४ हजार ७१२ पर्यटक आएका थिए भने आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ११ हजार १४ पर्यटकले कोशीटप्पु वन्यजन्तु आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

Batas

आर्थिक वर्ष २०७६/७७ मा नेपाली १० हजार ८२५, सार्क मुलुकका १९ र विदेशी १७० पर्यटकले आरक्षको अवलोकन भ्रमण गरेको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । आरक्षमा लकडाउनका कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमनका कमी आएको आरक्षका संरक्षण अधिकृत चौधरीले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.